भविन कार्की

बिहिबार, साउन २१, २०८३

संखुवासभा । संखुवासभाका १० स्थानीय तहमध्ये सिलिचोङ गाउँपालिका स्वास्थ्य क्षेत्रको कार्यसम्पादनमा पहिलो बन्न सफल भएको छ ।

सेवा प्रवाह, स्वास्थ्य उपकरण, भौतिक पूर्वाधार लगायतको व्यवस्थापन लगायतका सुचाकाङ्कहरुको आधारमा सिलिचोङ प्रथम बनेको हो ।स्वास्थ्य कार्यालय संखुवासभाले स्वास्थ्यसम्बन्धी विभिन्न सूचकका आधारमा कार्यसम्पादनमा सिलिचोङ गाउँपालिकाले प्रथम  स्थान हासिल गरेको छ ।

आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्यसम्बन्धी गतिविधिका मुख्य सूचकहरूका आधारमा सिलिचोङ गाउँपालिकाले ८० दशमलव ७ अङ्क ल्याएर पहिलो बनेको स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख महेश भट्टले बताए ।

त्यसै गरी मकालु गाउँपालिका ७९ दशमलव ९ अङ्क ल्याएर दोस्रो भएको छ । भने खाँदबारी नगरपालिका ७९ दशमलव ८ अङ्कका साथ तेस्रोस्थान हासिल गरेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए ।

स्वास्थ्य कार्यालय संखुवासभाले  आर्थिक वर्ष २०८२/०८३ को स्वास्थ्य कार्यक्रमहरूको समग्र समीक्षा तथा स्वास्थ्य सूचक विश्लेषणका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहहरूलाई सम्मान गरेको छ । सिलिचोङ गाउँपालिकाको प्रशंसा पत्र स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङलाई हस्तान्तरण गरिएको थियो ।

सिलिचोङ गाउँपालिका यस अघि दुई आर्थिक बर्ष लगातार  पहिलो भइसकेको छ । आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको समग्र समीक्षा तथा स्वास्थ्य सूचक विश्लेषणका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहहरूलाई खाँदबारीमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले स्वास्थ्य सेवाको गुणस्तर सुधार, प्रभावकारी सेवा प्रवाह र स्थानीय तहबिच स्वस्थ प्रतिस्पर्धाले नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सिर्जना भएको बताए ।

स्वास्थ्य निर्देशनालय धनकुटाका वरिष्ठ खोप अधिकृत भरत भण्डारीले स्वास्थ्य सूचकमा सुधार ल्याउन स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबिचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य कार्यालयले आगामी वर्षहरूमा पनि स्वास्थ्य सूचकहरूमा थप सुधार गर्दै सबै स्थानीय तहबिच स्वस्थ प्रतिस्पर्धा, प्रभावकारी सेवा प्रवाह र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

स्वास्थ्य कार्यालयले यस्ता मूल्याङ्कनले स्थानीय तहलाई स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धितर्फ थप जिम्मेवार र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास जनाएको छ ।

जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहले स्वास्थ्य सेवाको गुणस्तरीय तथा उपलब्धिमा सुधार गर्ने उद्देश्यले विभिन्न १६ वटा कार्यक्रममा प्रतिबद्धता जनाएको छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं