Lite Nepal

शुक्रबार, साउन २२, २०८३

काठमाडौँ । स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूको हकहित र न्यायपूर्ण भाडादरको माग गर्दै शुक्रवार काठमाडौँको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

पछिल्लो समय राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको उचित मूल्यांकन हुनुपर्ने मागसहित फाउण्डेशनले विरोध कार्यक्रम आयोजना गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘हाम्रो श्रमको उचित मूल्य देऊ’, ‘आर्थिक शोषण बन्द गर’, ‘कमिसन घटाऊ, न्याय बढाऊ’ र ‘न्यायपूर्ण भाडा हाम्रो माग’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरूले न्यायपूर्ण भाडादर निर्धारण गर्न, कम्पनीहरूले लिने कमिसनलाई सीमित गर्न तथा राइडरहरूको बीमा र सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन् ।

यसका साथै, राइडरहरूमाथि समान कल्याणकारी व्यवहार हुनुपर्ने र राज्यको नीति निर्माण प्रक्रियामा आफूहरूको सक्रिय सहभागिता गराइनुपर्ने विषयमा समेत उनीहरूले जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं