Lite Nepal

शनिबार, साउन २३, २०८३

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र नगरपालिका–१, गुप्त बराह क्षेत्रमा ठूलो परिमाणमा लागू औषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागू औषध ओसारपसार तथा कारोबार भइरहेको सूचनाका आधारमा चेकजाँच गरेको थियो। उक्त चेकजाँचका क्रममा प्रदेश १–०२–००२ च. ४८५१ नम्बरको कार र को. ११ प. ५६.०१ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा कारभित्र २२ वटा प्लास्टिकका पोका पारिएको अवस्थामा ४१८ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले कार चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्ने ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–५ बस्ने २२ वर्षीया जिबनी राई, मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ बस्ने २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार ३८ वर्षीय शंकर चौधरीलाई नियन्त्रणमा लिएको छ।

बरामद गाँजा, कार र मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं