Lite Nepal

आइतबार, साउन २४, २०८३

विराटनगर । सप्तरीकाे हनुमान नगर कंकालिनी नगरपालिका-८ जोगिनियाबाट ३०२ किलो ४८० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।

शनिबार दिउँसो २ बजेको समयमा हनुमान नगर कंकालिनी नगरपालिका-८ जोगिनियास्थित कोशी बाँधको पलारमा रहेको सरकारी खाली जग्गामा देश भारत बस्ने नन्दकिशोर मुखियाले लगाएको पटुवा खेतबारीबाट १२ बोरा गाँजा बरामद गरिएको हो ।

उक्त लागू औषध सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका-७ मुखिया टोल बस्ने अन्दाजी ५३ वर्षीय माधुरी मुखियाको रहेको खुलेपछि उनलाई पक्राउ गरिएको छ ।

बरामद गरिएको लागू औषधको तौल गर्दा ३०२ किलो ४८० ग्राम रहेको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं