Lite Nepal

आइतबार, साउन २४, २०८३

झापा ।आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ।

कार्यालयले गत आर्थिक वर्षमा रु छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो। लक्ष्यको तुलनामा कार्यालयले ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन गरेको हो।

कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये आयकरतर्फ रु दुई अर्ब ४१ करोड ६१ लाख सात हजार, मूल्य अभिवृद्धि कर ९भ्याट०तर्फ रु एक अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्कतर्फ रु ६७ करोड ८९ लाख पाँच हजार सङ्कलन भएको छ।

यसैगरी, भाडा आयकरतर्फ रु पाँच करोड ६६ लाख ७८ हजार, ब्याज करतर्फ रु नौ करोड ३६ लाख ८० हजार तथा अन्य शीर्षकमा रु दुई करोड ६३ लाख २१ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। आन्तरिक राजस्व कार्यालय झापाको कार्यक्षेत्रमा झापासहित इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं