Lite Nepal

सोमबार, साउन २५, २०८३
तस्बिर सौजन्य : लिम्बू पत्रकार संघ

काठमाडौँ। लिम्बू पत्रकार संघको उपत्यका भेला आइतबार ललितपुरको शोभाहिटीस्थित चुम्लुङहिममा सम्पन्न भएको छ। भेलाले अर्जुन खेवा मादेनको संयोजकत्वमा संघको उपत्यका आयोजक समिति पुनर्गठन गरेको छ। समितिको सदस्य–सचिवमा प्रकाश लिङदेन तथा सदस्यहरूमा नुमा थाम्सुहाङ, राजेन्द्र केरुङ, निर्मल सुब्बा र पर्शु थलङ चयन भएका छन्।

भेलामा लिम्बू पत्रकार संघको संस्थागत सुदृढीकरण, लिम्बू पत्रकारहरूको क्षमता अभिवृद्धि, डिजिटल ज्ञान तथा सीप विकास र सामुदायिक मुद्दालगायतका विषयमा छलफल भएको थियो।

कार्यक्रममा लिम्बू पत्रकार संघका तुम्म्याहाङ अमर तुम्म्याहाङ, राम मादेन तथा किरात याक्थुङ चुम्लुङ, ललितपुरका अध्यक्ष शुभराज थाम्सुहाङले विचार राखेका थिए। त्यस्तै, प्रदेश आमसञ्चार प्रतिष्ठानकी सदस्य माला पालुङवा, सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष बिमला तुम्खेवा, पत्रकार तथा आख्यानकार भानु बोखिम, लिम्बू पत्रकार संघका निवर्तमान वरिष्ठ संघीय उपाध्यक्ष विजयबोध लाओती, याक्थुङ मुन्चइत् चोक सयङका अध्यक्ष सागर केरुङ र पत्रकार लोकेश लिवाङलगायतले पनि धारणा राखेका थिए।

अधिकांश वक्ताहरूले संस्थालाई थप मजबुत बनाउँदै याक्थुङरलिम्बू पत्रकारहरूको डिजिटल ज्ञान तथा सीप अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले वर्तमान प्रतिस्पर्धात्मक सञ्चार बजारमा लिम्बू पत्रकारहरूलाई सक्षम र प्रतिस्पर्धी बनाउन संस्थागत तथा व्यावसायिक क्षमता विकासमा ध्यान दिनुपर्ने बताएका थिए।

भेलामा लिम्बू पत्रकार संघका अध्यक्ष सन्देश सुब्बाले संघका पछिल्ला गतिविधि तथा भावी योजनाबारे जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं