Lite Nepal

मंगलबार, साउन २६, २०८३

काठमाडौँ । नेपाल पत्रकार महासंघले महासंघकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा राजभण्डारी अमात्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।

राजभण्डारीको उपचारका क्रममा सोमबार संयुक्त राज्य अमेरिकामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत राजभण्डारीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

लामो समयदेखि पत्रकारितामा सक्रिय राजभण्डारीले सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउँदै पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याएकी थिइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं