विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा सोमबार खटिएको टोलीले इटहरी उपमहानगरपालिका–८ बाट भारतको फारमेन्सगन घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएका ३२ वर्षीय अवधेश सिंह र इटहरी–३ का २९ वर्षीय सरोज काफ्लेलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट १० ग्राम ५७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।