Lite Nepal

मंगलबार, साउन २६, २०८३

विराटनगर । सरकारले सुनसरी र सिरहामा भएका घटनाका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घटनामा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

निर्णयअनुसार सुनसरीमा मृत्यु भएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहतालाई शहीद घोषणा गरिएको छ। त्यस्तै, सिरहामा ज्यान गुमाएका गणेश यादवले पनि शहीदको मान्यता पाएका छन्।

सरकारले घटनामा ज्यान गुमाएका चारै जनालाई शहीद घोषणा गर्ने निर्णय गरेसँगै उनीहरूको औपचारिक सम्मान तथा राज्यबाट प्रदान गरिने शहीदसम्बन्धी मान्यता लागू हुने भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं