Lite Nepal

बुधबार, साउन २७, २०८३

झापा । झापाको कनकाई नगरपालिकाबाट हालसम्म ९७ जनाले भूमि प्रशासनसम्बन्धी सेवा लिएका छन् । नगरपालिकाको भूमि प्रशासन शाखामार्फत स्थानीयवासीलाई धनी पुर्जा वितरण, जग्गापास तथा कित्ताकाटलगायतका सेवा प्रदान हुँदै आएको छ ।

नगरपालिकाका भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालका अनुसार कनकाई नगरपालिकाले गत असार ८ गतेदेखि भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा ल्याएको थियो । उनका अनुसार, भूमि प्रशासन शाखामार्फत धनी पुर्जा वितरण तथा जग्गापाससम्बन्धी कार्य सहज रूपमा भइरहेको छ ।

“भूमि प्रशासन तथा मालपोत सेवाअन्तर्गत धनी पुर्जा वितरण, कित्ताकाट तथा जग्गापाससम्बन्धी कार्य सहज रूपमा अघि बढिरहेका छन्,” उनले भने, “हालसम्मको अद्यावधिक तथ्याङ्कअनुसार कुल ९७ वटा जग्गापाससम्बन्धी रोक्का तथा पासका काम सम्पन्न भइसकेका छन् ।”

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले लामो प्रयासपछि भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउन सफल भएको बताए । उनले यसबाट नगरवासीले सहज, छिटो र पारदर्शी रूपमा सेवा पाउन थालेको बताए । “यो सेवाले नागरिकमैत्री प्रशासनलाई थप सुदृढ बनाएको छ,” नगर प्रमुख पोखरेलले भने ।

कनकाई नगरपालिकामा भूमि प्रशासनसम्बन्धी सेवा प्रवाहका लागि १३ जना कर्मचारी खटाइएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं