Lite Nepal

बुधबार, साउन २७, २०८३

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा बुधबार प्रभातफेरी आयोजना गरेको छ।

काठमाडौँको ऐतिहासिक वसन्तपुर डबलीबाट सुरु भएको प्रभातफेरी न्युरोड गेट, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर औपचारिक सभामा परिणत भएको थियो।

प्रभातफेरीमा गुरुङ, मगर, तामाङ, थारू, राई, शेर्पा, लिम्बू तथा नेवा पत्रकार सङ्घ लगायत प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

फोनिजले वार्षिकोत्सवका अवसरमा साउन २५ गतेदेखि तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ आयोजना गरेको थियो।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं