Lite Nepal

बुधबार, साउन २७, २०८३

काठमाडौं । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ ।

उनलाई ललितपुरको बागडोलबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।

श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित थियो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनी जनआस्था साप्ताहिका सम्पादक हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले श्रेष्ठविरुद्ध एक जना पीडितले उजुरी दिएको बताए । ‘केही दिनअघि उहाँको सञ्चारमाध्यममा आएको तस्बिरसँग सम्बन्धित विषय हो,’ उनले भने, ‘अहिलेसम्म एउटा मात्र उजुरी आएको हो ।’

हाल उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको छ । भोलि (बिहीबार) अदालतमा उपस्थित गराउने तयारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं