Lite Nepal

शुक्रबार, साउन २९, २०८३
फाइल तस्बिर

काठमाडौँ । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिइएको छ।

शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै श्रेष्ठलाई भदौ १ गते बिहान १० बजे अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

अदालतले श्रेष्ठलाई थुनामा राख्नु नपर्ने भए त्यसको आधार र कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेशसमेत दिएको छ।

यसै गरी, प्रहरीले श्रेष्ठको घरबाट लगेको दुई वटा ल्यापटप तथा जनआस्था साप्ताहिकको कार्यालयबाट बरामद गरेको ६ वटा सिपियु, ल्यापटप, आई प्याड र मोबाइललगायत सामग्री समेत अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुर गरेको आरोपमा बुधवार साँझ प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

श्रेष्ठकी श्रीमतीले उनलाई गैर कानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

सर्वोच्चको आदेशपछि अब भदौ १ गते हुने सुनुवाइमा श्रेष्ठको हिरासत कानुनी रूपमा उचित छ वा छैन भन्ने विषयमा थप सुनुवाइ हुने भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं