Lite Nepal

शुक्रबार, साउन २९, २०८३

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेका सिफारिसमध्ये ५२.६० प्रतिशत कार्यान्वयन नभएको बताएका छन्।

शुक्रबार संघीय संसद्को संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै अध्यक्ष मगरले हालसम्म १३.९ प्रतिशत सिफारिस पूर्ण र ३४.१२ प्रतिशत आंशिक रूपमा कार्यान्वयन भएको जानकारी दिए।

आयोगमा परेका करिब १४ हजार उजुरीमध्ये ८० प्रतिशत द्वन्द्वकालीन रहेको उनले बताए। सिफारिस कार्यान्वयनका लागि सरकारलाई पटक–पटक आग्रह गरे पनि अपेक्षित प्रगति हुन नसकेको उनको भनाइ छ।

मगरका अनुसार पीडितलाई दिनुपर्ने ३३ करोड रुपैयाँ क्षतिपूर्तिमध्ये हालसम्म १० करोड रुपैयाँ मात्र वितरण भएको छ भने २३ करोड रुपैयाँ बाँकी छ। क्षतिपूर्ति वितरणमा देखिएका कानुनी तथा प्राविधिक समस्या समाधान गरी बाँकी रकम भदौ मसान्तभित्र उपलब्ध गराउने प्रतिबद्धता प्रधानमन्त्री कार्यालयका सचिवले जनाएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं