Lite Nepal

आइतबार, साउन ३१, २०८३

काठमाडौँ । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा घर भई ललितपुर महानगरपालिका–१ बस्ने ४३ वर्षीय हर्षनारायण चौधरी, म्याग्दी घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ४१ वर्षीय पदमबहादुर खड्का क्षेत्री र सप्तरी घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ४८ वर्षीय शिवनारायण चौधरी रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार हर्षनारायण चौधरीले इजरायल पठाइदिने भन्दै रु पाँच लाख, पदमबहादुर खड्का क्षेत्रीले अमेरिका पठाइदिने भन्दै तीन लाख १० हजार तथा शिवनारायण चौधरीले अजरबैजान पठाइदिने भन्दै रु २२ लाख ४६ हजार रकम लिएको आरोप छ ।

विदेश पठाइदिने भन्दै रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र सहज रूपमा विदेश पठाइदिने प्रलोभन देखाएर ठगीका घटना बढ्दै गएकाले सम्बन्धित निकायले वैदेशिक रोजगारसम्बन्धी कारोबार गर्दा म्यानपावर कम्पनी तथा सम्बन्धित व्यक्तिको आधिकारिकता जाँच गर्न आग्रह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं