Lite Nepal

आइतबार, भाद्र ०७, २०८३

विराटनगर । सुदन किरातीले सामाजिक सञ्जालमा आफूले लगाएको टिसर्टलाई लिएर आएको प्रतिक्रियाको खण्डन गर्दै देशको हितका लागि आवश्यक परे पेटिकोट लगाएरसमेत हिँड्न सक्ने बताएका छन्।

शनिबार आयोजित एक कार्यक्रममा बोल्दै किरातीले पूर्व पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा लेखेको तथा दिएको प्रतिक्रियाको विषयमा धारणा राखेका हुन्। उनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको प्रिन्ट भएको टिसर्ट लगाएको विषयलाई लिएर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिको खण्डन गरे।

किरातीले श्रममा विश्वास लिएर ध्यान खिच्न सके सरकारले नसकेको खानेपानीको धारा ९७ दिनमा पानी ल्याउन सक्ने मान्छेसँग भेट भएको दाबीसमेत गरे।

उनले देश र जनताक हितको लागि हो भने अध्यक्षको फोटो अकिंत भेष्ट मात्रै होइन पेटिकोट लगाएर विर्तामोड बजार र दमक बजारमा हिँड्नसमेत सक्ने बताए।

उनले पदका निम्ति परिवारलाई सारी किन्दिनुपर्ने वा के खाऊँ भन्ने चिन्ताका लागि नभई देशको हितका लागि भन्दै धारणा राखे। ‘देशको हित हुँदैन भने टाइसुट लगाएर हुँदैन,’ उनले भने, ‘देशको हितका लागि अध्यक्षको फोटो अंकित टिसर्ट लगाउँदा आपत्ति जनाउन जरुरी छैन।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं