Lite Nepal

शुक्रबार, भाद्र २६, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा पर्ने सम्भावित असरका बाबजुद इरानविरुद्ध युद्ध सुरु गर्ने आफ्नो निर्णयप्रति कुनै पछुतो नरहेको बताएका छन्।

फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा उनलाई युद्धका कारण आगामी मध्यावधि निर्वाचनमा पर्न सक्ने प्रभावबारे प्रश्न गरिएको थियो। त्यसको जवाफमा ट्रम्पले भने, ‘म पछुतो भन्ने शब्दमा विश्वास गर्दिनँ। तपाईंले सधैं आफूलाई केही प्रश्न गर्न सक्नुहुन्छ।’

बिहीबार प्रसारित कार्यक्रम ‘द इन्ग्राहम एंगल’मा ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही गर्ने आफ्नो निर्णयको बचाउ गरे। उनले भने, ‘यदि मैले यो फेरि गर्नुपर्‍यो भने, मैले जे गरेँ, त्यही गर्ने थिएँ।’

युद्धका कारण आफ्ना केही समर्थक असन्तुष्ट र निराश बनेको भन्ने दाबीलाई पनि ट्रम्पले अस्वीकार गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं