काठमाडौं । कञ्चनपुर भन्सार कार्यालयका अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ । भन्सार विभागले उनलाई जिम्मेवारीबाट हटाएको हो ।
हालै एक अडियो रेकर्ड सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी विवादमा मुछिएका थिए ।

उनी र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका एसपी खुमबहादुर केसीबीचको विवादको अडियो सार्वजनिक भएको हो ।
तत्कालका निम्ति उनलाई जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरिएको छ ।
उत्पन्न विवाद सम्बन्धमा सार्वजनिक विवरणमाथि थप बुझ्नपर्ने भएकाले जिम्मेवारीबाट हटाइएको विभागले जनाएको छ ।