काठमाडौं । अविरल वर्षासँगै विभिन्न जिल्लामा बाढीको अति उच्च जोखिम रहेको छ ।
मुस्ताङ, मनाङ, कास्की, लमजुङ, बागलुङ, चितवन, म्याग्दी, पाल्पा, तनहुँ, नवलपुर, नवलपरासीसहितका जिल्ला भई बहने साना ठुला नदीहरूमा बाढीको अति उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने महाशाखाको भनाइ छ ।
महाशाखाले आइतबार नारायणी जलाधारका देवघाट, बेत्रावती, आरुघाट, भकुण्डेबेसी, मर्स्याङ्दी–विमलनगरसहितका क्षेत्रमा बाढी उल्लेख्य बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

