काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज (आइतबार) छापावाला सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।