Lite Nepal

आइतबार, आश्विन ११, २०८३

विराटनगर । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा शनिबार राति दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ।

शनिबार राति करिब १० बजे कोशी राजमार्गमा प्रहरी चौकी बरगाछीको टोलीले आकस्मिक चेकिङ गरिरहेको थियो। प्रहरीलाई देखेपछि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ७३९९ नम्बरको स्कार्पियो गाडीले यु–टर्न गरी भाग्ने प्रयास गरेको थियो।

भाग्ने क्रममा स्कार्पियोले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्कार्पियो चालक गाडी छाडेर फरार भएका थिए।

त्यसपछि प्रहरीले स्कार्पियो गाडीको खानतलासी गर्दा लुकाइछिपाइ राखिएको १३ पोका गाँजा बरामद गरेको हो। बरामद गाँजाको तौल ३९८ किलो रहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं