Lite Nepal

आइतबार, आश्विन ११, २०८३

क्यानडा । क्यानडाको क्युबेक प्रान्तमा शनिबार हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

मोन्ट्रियलबाट करिब ५५ किलोमिटर दक्षिणपूर्वमा रहेको सेन्ट–ब्रिजिड–ड’इबर्भिल क्षेत्रमा दिउँसो करिब २ः३० बजे दुर्घटनाको सूचना प्रहरीले प्राप्त गरेको थियो।

दुर्घटनापछि हेलिकोप्टरमा आगलागी भएको थियो। घटनास्थलमा पुगेका उद्धारकर्मीले करिब एक घण्टाभित्र आगो नियन्त्रणमा लिएका थिए।

हेलिकोप्टरमा सवार चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उडान भरेको केही समयमै हेलिकोप्टरमा आकस्मिक समस्या उत्पन्न भएको थियो। त्यसपछि हेलिकोप्टर दुर्घटनामा परेको उनीहरूले बताए।

प्रहरीले दुर्घटनामा परेको हेलिकोप्टरको स्वामित्व, त्यसको प्रस्थान तथा गन्तव्यस्थल र मृतकहरूको पहिचानबारे हालसम्म जानकारी सार्वजनिक गरेको छैन।

दुर्घटनाको विस्तृत अनुसन्धानका लागि क्यानडाको यातायात सुरक्षा बोर्डले अनुसन्धान टोली घटनास्थलमा पठाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं