काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ। आइतबार दिउँसो उनलाई प्रहरीले रिहा गरेको हो।
उनीलाई सुरक्षित स्थानमा पठाइएको टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । तर, कहाँ पठाइएको हो भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन।

आइतबार बिहान करिब २ बजे काठमाडौंको महाराजगन्जस्थित निवासबाट प्रहरीले जबरालाई नियन्त्रणमा लिएको थियो। उनी ११ घण्टाभन्दा बढी समय प्रहरीको नियन्त्रणमा रहेका थिए।
जबरालाई नियन्त्रणमा लिन उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली उनको निवास पुगेको थियो। प्रहरीले उनलाई सुरक्षाका लागि कार्यालयमा ल्याइएको जनाएको छ।