Lite Nepal

आइतबार, आश्विन ११, २०८३

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन्। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान हिमलुङ हिमालमा हिमपहिरो गएको हो।

उनको अनुसार  सबै नेपाली भएको प्रारम्भिक विवरण आएको छ। यद्यपि, एकिन भइसकेको छैन। बेपत्ताको खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बेपत्ता भएकाहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्समार्फत हिमलुङ हिमाल गएका थिए। उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं