विराटनगर । मनाङ जिल्लास्थित हिम्लुङ हिमालको बेसक्याम्पमा हिमपहिरो गएको छ। हिमपहिरोको जानकारी प्राप्त भएलगत्तै उद्धार टोलीलाई प्राथमिकताका साथ घटनास्थलतर्फ पठाइएको नेपाल प्रहरीले जनाएको छ।
घटनामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
