Lite Nepal

सोमबार, आश्विन १२, २०८३

काठमाडौं । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो तथा परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रहरीसमक्ष निवेदन दिएका छन्।

जबराका छोरा सचिन्द्र शमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिइएको हो। निवेदनमा देशको पछिल्लो अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासम्बन्धी विषयका कारण आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख छ।

विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा सम्पादन गरेका न्यायिक निर्णयका कारण आफूले थप असुरक्षा महसुस गरेको जबराले निवेदनमा उल्लेख गरेका छन्।

पछिल्लो समय केही विषयबारे प्रहरी कार्यालयबाट जानकारी पाएपछि थप सुरक्षा आवश्यक देखिएको भन्दै जबराले सुरक्षा व्यवस्था बढाउन माग गरेका हुन्। आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी नै रहेको उल्लेख गर्दै उनले निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुग्नुपर्ने माग गरेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले जबराले सुरक्षा माग गर्दै निवेदन दिएको पुष्टि गरेका छन्। यसअघि शनिबार राति जबरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी आइतबार दिउँसो रिहा भएका थिए। उनको पक्राउ र रिहाइको विषयलाई लिएर विभिन्न टिकाटिप्पणीसमेत भइरहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं