Lite Nepal

सोमबार, आश्विन १२, २०८३

काठमाडौं । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद् अध्ययन गर्न गठित प्रतिनिधि सभाको विशेष समितिको सभापति चयन असोज १४ गते हुने भएको छ।

सभामुख डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा सभापति पदको निर्वाचन असोज १४ गते दिउँसो २ बजे हुने जानकारी गराए।

उनले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १७६ उपनियम (१) बमोजिम निर्वाचनको समय निर्धारण गरेका हुन्।

विशेष समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र भोटेकोशी-त्रिशूली क्षेत्रमा देखिएको विपदबारे अध्ययन गर्नेछ। सभापति चयनसँगै समितिको काम अघि बढ्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं