Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

रूपन्देही । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी पार्टीको औपचारिक जिम्मेवारीमा फर्किएपछि पहिलोपटक एमालेको कार्यक्रममा सहभागी भएकी छन् ।

एमाले रूपन्देहीले बुटवल उपमहानगरपालिका–१० सुख्खानगरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा भण्डारी सहभागी भएकी हुन् । उनी सोमबार रूपन्देही पुगेकी थिइन् ।

कार्यक्रममा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित केन्द्रीय सदस्य भूमिश्वर ढकाल, गिरधारीलाल न्यौपाने, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल तथा नेता लिला गिरीलगायत सहभागी छन् ।

पार्टीको केन्द्रीय कमिटीले असोज ८ गते भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय अनुमोदन गरेको थियो । त्यसअघि उनी एमालेको सक्रिय राजनीतिमा फर्किने विषय लामो समयदेखि चर्चामा रहँदै आएको थियो।

भण्डारी यसअघि पनि एमालेका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी थिइन्। गत जेठमा मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेले उनलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेको थियो। त्यसबेला पार्टी सदस्यता नवीकरणको विषय विवादमा रहे पनि उनलाई औपचारिक कार्यक्रममा प्रमुख अतिथि बनाइएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं