Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षक तथा विद्यालय कर्मचारीका लागि व्यवस्था गरिएको प्रोत्साहन भत्तामा विभिन्न प्रकृतिका अस्थायी शिक्षक तथा कर्मचारीलाई विभेद नगर्न सरकारसँग माग गरेको छ।

सङ्गठनका अध्यक्ष हंशबहादुर शाही र महासचिव प्रकाश खनालद्वारा जारी विज्ञप्तिमा सामुदायिक विद्यालयमा स्थायी तथा विभिन्न प्रकृतिका अस्थायी शिक्षक–कर्मचारीले एउटै विद्यालय, कक्षाकोठा र समान शैक्षिक जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा सेवा–सुविधा तथा प्रोत्साहन भत्तामा विभेद गर्नु न्यायोचित नहुने उल्लेख गरिएको छ।

सङ्गठनले राहत, करार, साविक उच्च माध्यमिक, प्राविधिक धार, सङ्घीय शिक्षण सिकाइ अनुदान, बालविकास, विद्यालय कर्मचारी, लेखा सहायक, विद्यालय नर्स तथा स्थानीय र प्रदेश अनुदानअन्तर्गत कार्यरत शिक्षक–कर्मचारीलाई समेत प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गरेको छ।

विज्ञप्तिमा अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीको सेवा निरन्तरता, सामाजिक सुरक्षा, पेसागत सम्मान र दीर्घकालीन रोजगारी सुनिश्चित हुनेगरी स्पष्ट तथा दीर्घकालीन नीति निर्माण गर्न पनि सरकारसँग आग्रह गरिएको छ।

पटक–पटक करार नवीकरण गर्नुपर्ने बाध्यकारी अवस्थाको अन्त्य गर्दै शिक्षक तथा कर्मचारीको सेवा सुरक्षाका लागि आवश्यक व्यवस्था गर्नसमेत सङ्गठनले सरकारको ध्यानाकर्षण गराएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं