विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगर समितिको अधिवेशन आजदेखि सुरु भएको छ। महानगर सभापति पदका लागि कृष्णबहादुर कार्की र केशव गिरी चुनावी मैदानमा उत्रिएका छन्। सभापति पदमा दुई जनाको उम्मेदवारी परेसँगै नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने भएको हो।
अधिवेशनमा महानगर कार्यसमितिका विभिन्न पदका लागि पनि उम्मेदवारी र निर्वाचन प्रक्रिया अघि बढिरहेको छ।

