Lite Nepal

बुधबार, आश्विन १४, २०८३

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले कानुन न्याय तथा मानव अधिकार समिति बैठक चल्दाचल्दै बहिस्कार गरेकी छन् ।

बुधबार बिहान सिंहदरबारमा बसेको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ मा छलफल चलिरहेको बेलामा सांसद सिद्धिकीले बैठक बहिस्कार गरेर हिँडेकी हुन् ।

सांसद सिद्धिकीले आफू बैठक बहिस्कार गरेर बाहिरिएको बताइन् । ‘सभापतिज्यूले बैठकलाई आफ्नो कन्ट्रोलमा राख्न सक्नुभएन । सत्तारुढ दल रास्वपाका सांसद स्मृति सेञ्चुरीले मेरो नाम लिएर गाली गलौच गर्दा पनि रोक्न सक्नुभएन । त्यसमा आफ्नो असहमति राखेर बैठकबाट बाहिरिए,’ सांसद सिद्धिकीले रातोपाटीसँग भनिन् ।

उनले उपसमितिको प्रतिवेदनमा रहेको जेनजी आन्दोलनका क्रममा गम्भीर अपराध गरेका बाहेकलाई रितपूर्वक थुनामुक्त गर्ने विषयमा आफ्नो असहमति बैठकमा राखेकी थिइन् । त्यसमा उनको प्रश्न थियो, ‘केही सजाय राखेर छुटाउने कि त्यत्तिकै छोड्ने ? अपराध त अपराध हो, यसले भविस्यमा पनि समस्या पार्छ ।’

सहकारी ठगेकालाई जेल बाहिर राखेर पीडितलाई ठगेको रकम फिर्ता दिने सम्बन्धमा पनि उनले असहमति जनाएकी थिइन् ।

त्यस्तै कैदीबन्दीको नाइके कैदीबन्दीबाटै बनाउने विषयमा पनि उनले असहमति जनाएकी थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं