Lite Nepal

बुधबार, आश्विन १४, २०८३

विराटनगर । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ८९ जना रेञ्जरको सरुवा गरेको छ।

विभागको असोज १३ गतेको निर्णयअनुसार राजपत्र अनंकित प्रथम श्रेणीका रेञ्जरहरूको सरुवा गरिएको हो।

विभागले सार्वजनिक गरेको सरुवा विवरणमा ८९ जना कर्मचारी समेटिएका छन्।

सरुवा सूचीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँगै विभिन्न राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र संरक्षण क्षेत्रका कार्यालयमा कार्यरत रेञ्जरहरू समेटिएका छन्।

विवरणअनुसार चितवन, बाँके, बर्दिया, पर्सा, रारा, लाङटाङ, सगरमाथा, मकालु बरुण, खप्तड, शुक्लाफाँटा, शिवपुरी–नागार्जुन र शे–फोक्सुण्डोलगायत राष्ट्रिय निकुञ्जमा कार्यरत रेञ्जरहरूको सरुवा भएको छ। त्यस्तै कोशीटप्पु वन्यजन्तु आरक्ष, ढोरपाटन शिकार आरक्ष तथा अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, गौरीशंकर र अपी नाम्पा संरक्षण क्षेत्रलगायतका कार्यालयमा कार्यरत रेञ्जरहरू पनि सरुवा सूचीमा समेटिएका छन्।

विभागले सार्वजनिक गरेको विवरणमा कर्मचारीको नाम, संकेत नम्बर, सेवा, समूह, श्रेणी तथा पद, हालको कार्यालय र सरुवा गरिएको निकाय उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं