Lite Nepal

बुधबार, आश्विन १४, २०८३

काठमाडौं । प्रतिनिधि सभा, कानुन, न्याय तथा मानव अधिकार समितिले विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ पारित गरेको छ ।

समितिको आजको बैठकले उक्त प्रतिवेदन सदस्यबाट प्राप्त राय–सुझावलाई समेटेर परिमार्जनसहित बहुमतले पारित गरेको हो । बैठकले उक्त प्रतिवेदन संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

त्यसअघि बैठकमा उक्त प्रतिवेदनमाथि सामान्य छलफल भएको थियो । छलफलमा सदस्य बलातवी शर्मा, मोहनलाल आचार्य, सरस्वती लामा, मनिष खनाल, प्रकाशचन्द्र परियार, साजिदा खातुन सिद्धिकी, स्मृति सेन्चुरी, नीनुकुमारी कर्ण, खिमा विक र अफ्साना बानुले भाग लिए ।

बैठकले बालसुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन पनि संसद् बैठकमा पेस गर्ने निर्णय गरेको समितिका सचिव रामहरि थापाले जानकारी दिए।

गत जेठ ८ गतेको समितिको बैठकले पाँच/पाँच सदस्यीय ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति’ र ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति’ गठन गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं