सिरहा । सिरहाको सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक नजिकै गागन खोला पुलबाट सशस्त्र प्रहरीले १ हजार १ सय २.६५ किलो गाँजा बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा बुधबार राति करिब १२ः३६ बजे खटिएको २९ जनाको प्रहरी टोलीले २६ बोरा गाँजासहित बा. १४ च २९४ नम्बरको फुलबडी बोलेरो र स. ६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी टोलीलाई देख्नासाथ गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू सवारीसाधन र गाँजा छाडेर फरार भएका थिए ।

बरामद गाँजा र सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।