Lite Nepal

बिहिबार, आश्विन १५, २०८३

झापा । मेचीनगर नगरपालिकाको अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई अस्पताल र दुई क्लिनिकमा बुधबार सिलबन्दी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभास श्रेष्ठको नेतृत्वको टोलीले चारआली र धुलाबारी क्षेत्रमा मापदण्डविपरीत चलेका स्वास्थ्य संस्थामा सिलबन्दी गरेको हो । चारआलीस्थित मनोकामना अस्पताल र धुलाबारीस्थित शिखर अस्पतालले एक वर्षदेखि नवीकरण नगरी सञ्चालन गरेको पाइएकाले सिलबन्दी गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

उनले भने, “यसअघि नै मनोकामना अस्पताललाई दर्ता र नवीकरणका लागि पटकपटक पत्राचार गरिएको भए पनि बेवास्ता गरेकाले कारबाही गर्नुपरेको हो ।”

त्यसैगरी, धुलाबारीमा सञ्चालित प्रतिभा जमुना मेडिकल र न्यू मिलन मेडिकलले प्रयोगशाला (ल्याब)  र क्लिनिक दर्ता नगरी सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको छ । प्रतिभा जमुना मेडिकलबाट म्याद गुज्रिएका औषधि फेला परेपछि जफत गरिएको छ ।

यस्तै, रोहन मेडिकल र मनकामना फार्मेसीबाट पनि म्याद गुज्रिएका औषधि भेटिएको छ । ती औषधि बरामद गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने, “कानुन विपरीत सञ्चालन भएका यी स्वास्थ्य संस्थालाई स्थानीय पालिकाले जरिवाना गराउनेछ र फार्मेसी सञ्चालकलाई थप कारबाहीका लागि औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरमा पत्र पठाइनेछ ।” स्वास्थ्य संस्था, क्लिनिक र प्रयोगशालाले कानुनअनुसार विधिवत् रूपमा दर्ता गरेपछि मात्र सिलबन्दी खोलिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं