Lite Nepal

बिहिबार, आश्विन १५, २०८३

विराटनगर । सुनसरीमा प्रहरीले ५ सय ६४ किलो गाँजासहित सुमो गाडी नियन्त्रणमा लिएको छ।  बुधबार राति सुनसरीको बर्जु गाउँपालिका–२ स्थित विराटनगर–बेलाहा सडकखण्डमा इलाका प्रहरी कार्यालय सीतागञ्ज र प्रहरी चौकी अमडुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको बा १२ च १७३८ नम्बरको सुमो गाडीलाई चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा सुमोभित्र ५ सय ६४ किलो गाँजा फेला परेको सुनसरी प्रहरीले जनाएको छ। प्रहरीले गाँजासहित गाडी नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार गाडी चालक भने फरार भएका छन्। फरार चालकको खोजी भइरहेको सहायक सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं