Lite Nepal

आइतबार, आश्विन १८, २०८३

काठमाडौं । देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा आज मौसम बदली रहने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ।

ती प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि पहाडी तथा तराई भूभागमा मौसम बदली रहनेछ। तराई क्षेत्रमा बिहानतिर हुस्सु लाग्ने सम्भावना रहेको छ।

मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं