Lite Nepal

शनिबार, आश्विन १७, २०८३

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ लुमुघाटस्थित तमोर नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् ।

सदरमुकाम म्याङलुङस्थित दीपज्योति इङ्लिस बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत डिप्लक लिम्बू नदीमा बगेर बेपत्ता भएका हुन् ।

पाँचथरको कुम्मायक गाउँपालिका–३ स्थायी ठेगाना भई तेह्रथुमको म्याङलुङमा बसोवास गर्दै आएका दिलीप सम्बाहाम्फेका १६ वर्षीय छोरा डिप्लक आज साथीहरूसँग नुहाउन भनि तमोर नदी गएका थिए ।

नुहाउने क्रममा नदीमा बगेर बेपत्ता भएका उनका साथीले बताएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली परिचालन गरी बेपत्ता किशोरको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख, प्रहरी नायब उपरीक्षक लक्ष्मण ओलीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं