काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
