Lite Nepal

आइतबार, आश्विन १८, २०८३

काठमाडाैं । रुपन्देहीको देवदहमा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको देवदह–७ का दीपक खरेलको घरमा गोली चल्दा २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका हुन् ।

खरेलले समाएको पेस्तोलबाट गोली लागेर खत्री घाइते भएका हुन् ।

देवदह मेडिकल कलेजमा उपचार गराइरहेका खत्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए ।

घटनापछि खरेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीले खरेलसँग रहेको पेस्तोल घरमा आएका खत्रीलाई देखाउने क्रममा गोली चलेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं