Lite Nepal

आइतबार, आश्विन १८, २०८३

विराटनगर । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिनेछन् ।

नेकपा एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र समाप्त भएपछि दलको बैठक बोलाएर अधिवेशन अवधिभरमा भए/गरेका कामकारबाहीबारे समीक्षा गर्दै आएको छ ।

आजको बैठकमा गएको संसद् अधिवेशनमा पार्टीका तर्फबाट खेलेको भूमिकाको समीक्षाका साथै आगामी दिनमा सांसद र पार्टी नेताले खेल्नुपर्ने भूमिकाबारे ओलीले विशेष निर्देशन दिने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं