काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन भारत जाने भएका छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री गुरुङ असोज २६ गते (अक्टोबर १२) भारत प्रस्थान गर्ने तयारीमा छन् । बैठकमा बिमस्टेकका सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहनेछ । बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन् ।

