काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी जागरण अभियान घोषणा गरेका छन् । उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अभियानको औपचारिक घोषणा गरेका हुन् ।
खनाल नेतृत्वको अभियानको पहिलो भेलाले १५ वटा विभिन्न प्रस्तावसमेत पारित गरेको छ । पारित प्रस्तावमा विपद् जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय नीतिको पुनरावलोकन गर्नेदेखि कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठन गर्नेसम्मका विषय समेटिएका छन् ।





