Lite Nepal

सोमबार, आश्विन १९, २०८३

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ले दश दिनमा करिब दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

गत शुक्रबारबाट रिलिज भएको चलचित्रले आइतबारसम्म १० दिनमा एक करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।

यो सिनेमा १० दिनमा ६५ हजार ५ सय ६० दर्शकले हेरेका छन् । रिलिजको चाररपाँच दिन पछिबाट पिकअप लिएको सिनेमा अहिले उत्साहजक रुपमा चलिरहेको छ ।

वर्ड अफ माउथ राम्रो हुँदा दर्शकको चाप हरेक दिन बढ्दै गएको निर्देशक हरि लम्सालले बताएका छन् ।

“शो थपिने क्रम बढ्दै गएको छ । चलचित्र राम्रो र हेर्ने पर्ने भन्ने दर्शकको प्रतिक्रिया आइरहेको छ,” उनले भने, “त्यसैले अबका दिनमा दर्शकले हाम्रो चलचित्रलाई थप साथ दिनुहुने हाम्रो विश्वास छ ।”

चलचित्रको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ ।

सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई चलचित्रले कथाको केन्द्रमा राखेको छ ।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ ।

चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं