विराटनगर । नेपाली बजारमा आज पनि सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने सामान्य घटेको छ ।

महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर ४४१५ मा कारोबार भइरहेको छ ।
यसअघि सोमबार चाँदी तोलाको ४४३० मा कारोबार भएको थियो ।