Lite Nepal

बुधबार, आश्विन २१, २०८३

काठमाडौं । नेपाली सेनाले देशका ३२ जिल्लामा रहेका आफ्ना ब्यारेकका लागि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)बाट नियमित रूपमा दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्ने भएको छ।

सेना र डीडीसीबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीसम्बन्धी सम्झौता भएसँगै संस्थानले सेनाका ब्यारेकमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति गर्नेछ। सम्झौताअनुसार वार्षिक रूपमा ३७ लाख ४१ हजार ५०६ लिटर दूध आपूर्ति हुनेछ।

दूधसँगै डीडीसीले सेनालाई ठूलो परिमाणमा अन्य दुग्धजन्य पदार्थसमेत उपलब्ध गराउनेछ। दैनिक ३६५ किलो दही आपूर्ति गर्ने सम्झौता भएको छ। यसअनुसार वार्षिक एक लाख ३३ हजार ५२२ किलो दही सेनाले डीडीसीबाट खरिद गर्नेछ।

त्यस्तै, दैनिक ३७ किलो पनिर, २१ किलो होल मिल्क पाउडर र १५ किलो चिज आपूर्ति गर्ने सम्झौता भएको छ। वार्षिक रूपमा १३ हजार २४० किलो पनिर, सात हजार ४४१ किलो होल मिल्क पाउडर र पाँच हजार २७८ किलो चिज आपूर्ति गर्ने सम्झौतामा उल्लेख छ।

सम्झौता पत्रमा नेपाली सेनाका तर्फबाट आपूर्ति तथा परिवहन निर्देशनालयका रथी सञ्जयकुमार रञ्जित र दुग्ध विकास संस्थानका तर्फबाट महाप्रबन्धक डा. शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन्।

सम्झौतासँगै सेनाका ३२ जिल्लास्थित ब्यारेकमा आवश्यक दूध तथा दुग्धजन्य पदार्थको नियमित आपूर्ति डीडीसीमार्फत हुने भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं