काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से १७.१५ अंकले बढेको छ । यससँगै नेप्से परिसूचक २ हजार ५९१ अंकमा कायम भएको छ ।
बजारमा कारोबार रकमसमेत बढेको छ । अघिल्लो दिन ३ अर्ब ९३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा शुक्रबार ४ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको हो ।

शुक्रबार कारोबार भएका कम्पनीमध्ये १८० वटाको सेयर मूल्य बढेको छ भने ८९ वटाको घटेको छ । त्यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

शुक्रबार सबै समूहगत सूचक हरियाली देखिएका छन् । सबैभन्दा धेरै बैंकिङ समूहको सूचक १.२८ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन समूह ०.९० प्रतिशत र जलविद्युत् समूह ०.७४ प्रतिशतले बढेका छन् ।
त्यस्तै, विकास बैंक समूह ०.६१ प्रतिशत, जीवन बीमा ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३७ प्रतिशत, व्यापार ०.३७ प्रतिशत, फाइनान्स ०.३३ प्रतिशत, अन्य समूह ०.२८ प्रतिशत, निर्जीवन बीमा ०.१८ प्रतिशत, माइक्रोफाइनान्स ०.१७ प्रतिशत र लगानी समूह ०.१६ प्रतिशतले बढेका छन् ।