Lite Nepal

शनिबार, आश्विन २४, २०८३

काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलक्षित ‘दसैँ–तिहार अफर, २०८३’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत नयाँ एफटीटीएच इन्टरनेट जडानमा ५०० रुपैयाँ छुट तथा वार्षिक प्याकेजमा १२ महिनाको शुल्कमा १३ महिना सेवा उपलब्ध हुनेछ।

मोबाइल सेवातर्फ ४९९ र ६९९ रुपैयाँका अनलिमिटेड डाटा प्याकेज, २०० रुपैयाँमा सबै नेटवर्कमा एक हजार मिनेट र ९९ रुपैयाँमा एक हजार एसएमएसको प्याकेज ल्याइएको छ।

इन्टरनेटसम्बन्धी अफर असोज २५ देखि कात्तिक ३० गतेसम्म र मोबाइल प्याकेजका अफर असोज ३० देखि कात्तिक ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। ग्राहकले ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत प्याकेज खरिद गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं