Lite Nepal

सोमबार, आश्विन २६, २०८३

विराटनगर । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४ अंकले बढेर २,५९५ को विन्दुमा कायम भएको छ ।

आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ । दिनभरिमा ३५४ कम्पनीको १ करोड २७ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ ।

यस बैंकको २५ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको १९ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहश ऊर्जाको १९ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।

यस संस्थाका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । स्नो रिभर्सका लगानीकर्ताले १३ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।

बुङगल हाइड्रोका लगानीकर्ताले ४ दशमलव ७५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै रिज लाइन इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ६ दशमलव २९ प्रतिशतका दरले गुमाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं