Lite Nepal

शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौं । दसैँ बिदाअघिको अन्तिम करोबारमा शेयर बजार शुक्रबार बढेको छ। नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहका रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्।

आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.७६ प्रतिशतले बढेको छ भने बैंकिङ समूहले ०.७२ प्रतिशतको बढोत्तरीका साथ बजारको बढाइ धानेको छ।

यो दिन व्यापार समूह सर्वाधिक ०.५४ प्रतिशतले घटेको छ।

बजारमा आज १७४ कम्पनीको शेयरभाउ बढेको छ भने ९१ कम्पनीको घटेको छ। यो दिन १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा चिरख्वा हाइड्रोपावरको शेयरधनीहरुले सर्वाधिक कमाएका छन्। यो कम्पनीको शेयरभाउ १४.८२ प्रतिशतले बढेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं